हर्षिका श्रेष्ठ भईन् बादल (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
त्रिकोणात्मक ढंगमा गरिब तथा जेहेन्दार युबकको संघर्ष र एउटी सम्पन्न युवतीको अहम्ता बिचको द्वोन्द प्रस्तुत गरिएको चलचित्र ‘साइकल’ को रोमान्टिक गीत सार्बजनिक गरिएको छ । ‘म क्षितिज भए तिमी बादल’ बोलको सार्बजनिक गीतमा शंकर अधिकारी ‘घायल’ को शब्द तथा राजेन्द्र श्रेष्ठले संगीत र सम्भु रैकाको स्वर पाइन्छ भने गीतमा चलचित्रकी नायिका हर्षिका श्रेष्ठ र नायक विक्की मल्ल फिचरिंग गरिएको छ ।
Cycle
विश्व साईकल यात्री पुष्कर साहको जिबनी पनि समेटिएको भनिएको चलचित्रलाई संगीतकार राजेन्द्र श्रेष्ठ निर्माण गरेका छन् । चलचित्रमा बिक्की मल्ल, हर्शिका श्रेष्ठ, दिनेश डिसी, रामचन्द्र अधिकारि, विजय देउजा, रश्मि भट्ट, रोशन श्रेष्ठ लगाएत कलाकारहरुको अभिनय रहेको छ भने विश्व साइकल यात्री पुष्कर शाह र गायक राजेश पायल राई अतिथि भूमिकामा देखा परेका छन् । शिब घिमिरेको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् ।