शाहरुख खानलाई मुम्बइ प्रशासनको आदेश


(सेलिब्रेटि नेपाल) मुम्बई
हर्ष उल्लासका साथ हिजो सोमबार मात्र नेपालबाट बिदा भएका बलिउडका ‘बाद्षा’ उपनामले चिनिने नायक शाहरुख खानलाई झट्का लागेको छ । मुम्बई सरकारले उनि भारत पुग्ने बितिकै झट्का दिएको छ ।
Shah-Rukh-Khan
खानलाई मुम्बइ प्रशासनले घर अगाडी अनावश्यक पार्किङ बनाएर भत्काउन बाध्य पारेको भन्दै त्यसमा लागेको खर्च तिर्न आदेश दिएको छ । भारतीय सञ्चार माध्यम अनुसार मुम्बई महानगरपालिकाको स्थानीय ऐन अनुसार शाहरुखले २ लाख भारु अर्थात ३ लाख ३२ हजार रुपैयाँ तिर्नु पर्नेछ ।
केही समय अघि मात्र शाहरुख खानको घर अगाडी डोजर हालिएको थियो । त्यहाँ रहेको पार्किङ र्‍याम्प हटाइएपछि प्रशासनले त्यसको खर्च समेत असुल्न लागेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.