अब पालो सुश्रीको


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Nepali-film-sushreeसय भन्दा बढी चलचित्रको पटकथा तथा सम्बाद लेखि सकेका अहिलेका व्यस्त स्क्रिप्ट राईटर अब निर्देशक पनि बन्ने भएका छन् । दर्जनौं सफल चलचित्र
लेखि सकेका शिवम् अधिकारी अब निर्देशनमा सक्रिय हुने भएका छन् । केहि समय पहिले देखि नै आफ्नो निर्देशन गर्ने योजना रहेको सुनाउने शिवम्को पहिलो चलचित्रको नाम ‘सुश्री’ रहेको छ राजधानीमा एक कार्यक्रमको आयोजना गरेर निर्माण घोसणा गरिएको चलचित्रमा आर्यन सिग्देल र नव नायिका आशिका तामांगको मुख्य भूमिका रहने छ । आशिका फिल्मस्को ब्यानरमा बन्न लागेको चलचित्रमा आत्मराम थापाको लगानी रहने छ ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, बसन्त सापकोटाको संगीत, कुमार महर्जनको द्धन्द्ध, शंकर वीसीको नृत्य निर्देशन रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो । कमेडी कथामा बन्ने चलचित्रमा आर्यन सिग्देल आशिकाको बेहुलाको रुपमा देखिनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.