धेरैजनाको इच्छाले गर्दा अभिनय गरे निर्देशक थापाले


(सेलिब्रेटी नेपाल) काठमाडौँ
‘मेरो एउटा साथी छ’, ‘मेरो लभ स्टोरी’, ‘के यो माया हो’, ‘धन्दा’ तथा ‘मधुमास’ जस्ता चलचित्रहरु निर्देशन गरेर क्षमतावान निर्देशकको पहिचान बनाएका सुदर्शन थापा फागुन १५ गते रिलिज हुने चलचित्र ‘अझै पनि’का मुख्य कलाकार हुन् । निर्देशनमा आउनुपहिले नै ‘दलन’ नामक टेलिचलचित्रबाट अभिनयको अनुभव लिएका थापाले अभिनय गरेर रिलिज हुन लागेको पहिलो चलचित्र भने ‘अझै पनि’ हो ।
Sudarshan-thapa
‘अझै पनि’मा आफु हिरो भन्दा पनि आफु कलाकार भएको बताउने थापाले चलचित्र टिमका धेरै जनाको इच्छाले आफु यो चलचित्रमा अभिनयमा आएको बताएका छन् । थापा यो चलचित्रका निर्माता समेत हुन् । पुनम गौतमसँगको सहकार्यमा उनले लगानी गरेका हुन् । सामाजिक प्रेम कथामा बनेको यस चलचित्रमा सुदर्शनको साथमा पुजा शर्मा, सुरक्षा पन्त लगाएतका कलाकारहरुको मुख्य भूमिका छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.