सुक्रबार बाट प्रदर्शनमा आउने इच्छाको प्रिमिएर सम्पन्न


(सेलिब्रेटि नेपाल) काठमाडौँ
फाल्गुन आठ मा देशव्यापी रिलिज हुने नेपाली चलचित्र ‘इच्छा’को राजधानीमा भव्य प्रिमियर गरिएको छ । सोमवार साँझ चलचित्र युनिट तथा सञ्चारकर्मीको सहभागितामा केएल टावरस्थित एफक्यूब सिनेमामा रिलिजको चार दिन अगावै प्रिमियर गरिएको हो । प्रिमियरमा उपस्थित सबैले चलचित्रको राम्रो भएको बताउँदै ‘इच्छा’ आम नेपालीको चलचित्र भएकोले हेर्नैपर्ने बताए । निर्देशक मुनाल घिमिरेले आफुले दुई चलचित्र निर्माण गर्दाको अनुभवलाई यो चलचित्रमा प्रयोग गरेको बताए ।
Ichha-subash-thapa-munal-shikha
दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई, आकास पल, आयुष्मा कार्की, रश्मी भट्ट लगाएतका कलाकारहरुको अभिनय रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, प्रकाश घिमिरे र लक्ष्मण पौडेलको लगानी रहेको छ । बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको यस चलचित्रमा गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.