प्रियंका र सौरमको हट सिन संगै सौगातको नयाँ शैली (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली चलचित्र एक आपसमा जुध्नु सामान्य नै हो सोलो प्रदर्शन मिति पाउनु भनेको दुर्लभ जस्तै बनेको छ । चैत्र १३ गते चलचित्र भुल भुलैया संगै चलचित्र ‘षडङ्ग’ प्रदर्शनमा आउने भएको छ । प्रदर्शन मिति संगै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई वितरण कम्पनि पपकर्नले वितरण गर्ने भएको छ । चलचित्रमा नायिका प्रियंका कार्कीलाई बोल्ड अवतारमा देखाइएको छ । यस्तै, नायक सौगात मल्लले नयाँ शैलीको भाषालाई अबलम्बन गरेका छन् । चलचित्रलाई ग्याङस्टार थि्रलर बिषयमा तयार पारिएको छ ।
Priyanka-Karki
सुरज सुनवारको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई समिर सुनवारले निर्माण गरेका हुन् । चलचित्रमा सौगात मल्ल, प्रियंका कार्की, अनुप बराल, सौरमराज तुलाधर, विजय लामा, नविन मानन्धर, ए गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।