जिबन र आर्यनको भिडन्त


(सेलिब्रेटि नेपाल) काठमाडौँ
नेपाली चलचित्रहरु एक आपसमा जुद्नु यो कुनै नौलो बिषय नभइ सामान्य भइसकेको छ । एउटा दुइटा मात्र हो र कहिले कहिँ त ४ वटा सम्म जुदेका कुरा हामी सबैले थाहा पाइरहेका छौं । कहिले संजोगले सुध्छन् त कति चलचित्रहरु निर्माण युनिटको आपसी मतभेटले जुदाइन्छ । कोहि आफु चलचित्र नगरीमा पुरानो भएकोले आफ्नो चलचित्र कसैसंग नजुदाई एकल प्रदर्शन गर्न पाउनु पर्छ भन्छन भने कोहि चलचित्र जुध्दैमा केहि हुन्न,हाम्रो चलचित्र एकदम राम्रो बनेको छ र सफल पनि हुन्छ भन्दै दामी गर्छन । जे होस् यो परिस्थिति हाम्रो लागि कुनै नौलो बिषय भने हैन ।
mala-for-news
तर जब कुनै चलचित्रले आफ्नो प्रचार प्रसारको लागि समय काम भएको भन्दै प्रदर्शनको मिति सार्दछ तब त्यस्मा संका गर्ने ठाउँ रहन्छ । प्रचार प्रसार गर्न आफुसंग प्रयाप्त समय हुदैन जस्तो लाग्छ भने किन प्रदर्शनको मिति तय गर्नु ? यस्तै भएको छ पछिल्लो समय नेपाली कथानक चलचित्र “माला” लाई । प्रचार प्रसारको लागि समय नपुगेको भन्दै चलचित्रको प्रदर्शन मिति पर धकलिएको छ । फाल्गुन ८ मा अर्को चलचित्र “ईच्छा” लाई टक्कर दिदै प्रदर्शनमा आउने भनिएको “माला” अब चैत ६ मा “धुन” संग कडा प्रदर्शनमा आउने हुने भएको छ । आश्चर्यको बिषय त यो छ कि हाल सम्म एउटै पर्दामा एक साथ देखा नपरेर दुई नायक आर्यन सिग्देल र जीवन लुइटेलको चलचित्र अब एक साथ प्रदर्शनमा आउने भएको छ ।
Dhoon
सुदिप भुपाल सिंहको लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र माला, युवा तथा डेब्यु निर्देशक कृष्ण पौडेलको चलचित्र धुन बीच प्रतिश्पर्दा हुदा कुन चलचित्र सफल हुन्छ भन्ने बिषय अन्योलमा परेको छ । उता माला संगै प्रदर्शनमा आउने भनिएको चलचित्र ईच्छा अब एकल प्रदर्शन हुने भएको छ । यसले ईच्छाको ब्यापार राम्रो हुने अनुमान लाउन सकिन्छ भने माला र धुनको ब्यापारमा केहि कमि हुने समेत अड्कल मार्न सकिन्छ । पछिल्लो समय चर्चामा रहेका जीवन र आर्यनको चलचित्र एकै दिन रिलिज हुनु भनेको दर्शक स्वोर्ता बाँडिनु र कमाई पनि बाँडिनु हो । सुदिप र कृष्ण कस्को चलचित्रले दर्शकको मन छुनुका साथै सफल हुनेछ त्यो हेर्नको लागि हामीले चैत महिना सम्म कुर्ने पर्ने हुन्छ ।
‘धुन’ मा नायक जीवन लुइँटेल,मुकेश ढकाल,नीता ढुंगाना,श्रेया दुलाल,उमा बेबी लगाएतको अभिनय रहेको छ भने ‘माला’ मा प्रियंका कार्की, आर्यन सिग्देल, सुमिना घिमिरे, प्रज्वल सुजल गिरी, लुनिभा तुलाधर, शम्भु थापा, विद्या कार्की, सुनिता ठाकुर लगायतका कलाकारको अभिनय देख्न पाइन्छ ।