(सेलिब्रेटि नेपाल) मुम्बई
नेपाली चलचित्र निर्देशक दीपा बस्नेतलाई भारतको उडिसास्थित भुवनेश्वरमा रहेको किट विश्वविद्यालय (कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी) ले सम्मान गरेको छ ।
आफ्नो देशको गणतन्त्र दिवसका अवसरमा विश्वविद्यालयका संस्थापक डा. अच्युत सामन्तले निर्देशक बस्नेतले चलचित्र निर्देशन सम्बन्धी शिक्षा हासिल गरेको र सामाजिक मुद्दामा चलचित्र बनाइसकेकाले हुनाले यो सम्मान गरेको तथा बस्नेतलाई विश्वविद्यालयको अन्तर्राष्ट्रिय परामर्शदाता पनि नियुक्त गरिएको बताए । कार्यक्रममा बस्नेतले नेपाली चलचित्र उद्योगको संक्षिप्त परिचय दिएकी थिइन् ।