भारतिय सेनालाई महाकालि कटाउनु पर्छ (भिडियो)


(सेलिब्रेटि नेपाल) काठमाडौँ
ऐतिहासिक तथा सत्य कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘भीमदत्त’ले आफ्नो प्रदर्शनको मिति नजिकिदै जादा आफ्नो प्रोमो सार्बजनिक गरेको छ । सार्बजनिक प्रोमोमा अभिनेता नवल खड्काले भारतिय सेनाको टाउको काटेका डरलाग्दो दृश्य समेत समेटिएको छ । चलचित्रलाई नवल खड्काले नै निर्माण गरेका हुन् ।
Bhimdatta
चलचित्रमा नवल खडका, निशा अधिकारी, सुमीना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी, कविता शर्मा, एमएस अगराज, सन्जय खतिवडा, लय संग्रौला, उत्तम केसी, रवी गीरी, वीएस राना लगायतका कलाकार हरुको अभिनय रहेको छ। गोल्डेन आइ फिल्म प्रालीको ब्यानरमा निर्माण भएको यस चलचित्रका निर्देशक हिमग्याप टासी लामा हुन । शिवंम अधिकारीको पटकथा संवाद रहेको यस चलचित्रको द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका छन् भने कथा मणी थापाको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.