सांगीतिक कन्सर्टमा होस्टेल रिटर्न्स


(सेलिब्रेटि नेपाल) काठमाडौँ
आगामी बैशाख २५ लाई रिलिज मिती तय गरेको सुरज भुषाल निर्देशित तथा सुनिल रावल निर्मित चलचित्र ‘होस्टेल रिटर्न्स’ले सांगीतिक कन्सर्टमा समेत सहभागिता जनाउने भएको छ । प्रचार प्रसार गर्न माहिर मानिने निर्माता सुनिल रावलले चलचित्रको प्रमोसनका लागि नै सांगीतिक कन्सर्टमा सहभागी भएको बताए ।
Hostel-Returns-team
चलचित्र प्रदर्शनका लागि ३ महिना भन्दा बढि समय बाँकी रहदा देखि नै फिल्म ‘होस्टेल रिटर्न्स’युनिटले प्रचार प्रसारलाई आक्रमक बनाउने क्रममा निर्माण युनिटले सांगीतिक कन्सर्टमा समेत सहभागिता जनाउन लागेको हो । बिटुएच इभेन्टले फाल्गुन २ गते हेटौडा, फाल्गुन ५ गते नारायणी नदी किनार चितवन र फाल्गुन ७ गते बुटवल मा आयोजना गर्न लागेको यात्रा २०१५ नामक सांगीतिक कन्सर्टमा चलचित्रले सहकार्य गरेको हो । यो चलचित्रमा सुशील श्रेष्ठ, शशी श्रेष्ठ, नाजिर हुसेन, सुधाम सिके, अभय बराल, स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.