सामाजिक कार्यमा साइकल निर्माण युनिट


(सेलिब्रेटी नेपाल) काठमाडौँ
प्रदर्शनको पर्खाइमा रहेको चलचित्र ‘साइकल’ को निर्माण समूहले भक्तपुरको कटुञ्जेस्थित तीन धारा चौर, युनिटी अंग्रेजी स्कुल प्रांगणमा स्थानिय सुवर्नेश्वर युवा समाजको सक्रियतामा निःशुल्क औषधि वितरण शिविर सम्पन्न गरेको छ । चलचित्रका केही कलाकार र निर्माता तथा संगीतकार राजेन्द्र श्रेष्ठको सहभागीतामा सम्पन्न स्वास्थ्य शिविरमा ४ शय ४१ जना महिला तथा पुरुषले निःशुल्क स्वास्थ्य परिक्षण र औषधि प्राप्त गरेका थिए ।
saikal-poster
स्वास्थ्य शिवीरमा मध्यपुर अस्पताल थिमी र तिलगंगा आखा अस्पतालका डाक्टरहरुले शारीरिक स्वास्थ्य जाच, नाक–कान– घांटी, स्त्री रोग, मधुमेह रक्तचाप तथा हाड–जोर्नीसम्बन्धी समस्याको निशुल्क उपचार सेवा दिएका थिए । शिबिरमा क्लबका स्वयंसेवी, स्थानियबासि देखि स्कुलका विद्यार्थीहरुसम्म बिरामीको सेवामा खटिएका थिए ।

राजेन्द्र श्रेष्ठले निर्माण गरेको चलचित्र ‘साइकल’लाई शिव घिमिरेले निर्देशन गरेका छन् । चलचित्रमा बिक्की मल्ल,हर्शिका श्रेष्ठ,दिनेश डी.सी.रश्मि भट्ट लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.