सारिका घिमिरेको ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक


काठमाडौँ । गायिका तथा सर्जक सारिका घिमिरे ले आफ्नो चर्चित गीत ‘गुन भुल्यौ पित्तलको सुन पायौं होला’को सफलतापछि यसको दोस्रो संस्करण ‘गुन भुल्यौ–२ साइला दाइ’ सार्वजनिक गरेकी छन् ।

सारिकाकै शब्द, संगीत र स्वर रहेको यस गीतमा मनोज परियार को मिक्सिङ तथा मास्टरिङ रहेको छ । भिडियोको निर्देशन केशवराज भट्ट ले गरेका हुन् भने छायांकन करण चैसिर र सम्पादन मनोज कार्की ले गरेका छन् ।

प्रेमविछोडको भावनालाई समेटिएको भिडियोमा स्वयं सारिकासँगै सौर्य तिरुवा र जेरी भण्डारी को अभिनय देख्न सकिन्छ । गीतले आफूले माया गरेको तथा गुन लगाएको व्यक्तिले बिर्सँदै जाँदाको पीडालाई भावनात्मक रूपमा प्रस्तुत गरेको छ ।

पहिलो भागले जस्तै यो गीतले पनि दर्शक–श्रोताको माया पाउनेमा आफू विश्वस्त रहेको सारिकाले बताएकी छन् । पछिल्लो समय टिकटक र रिल्समा पनि गीतका विभिन्न भिडियोहरू बनिरहेका छन् ।

गायन, मोडलिङ, अभिनय र सिर्जनामा करिब डेढ दशक बिताइसकेकी सारिकाको यो नयाँ प्रस्तुति उनको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.