आर्यनको मुस्लिम एक्सन रुप अलविदा (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
पौष २५ गतेलाई आफ्नो रिलिज मिति तय गरेको चलचित्र ‘अलविदा’ ले आफ्नो प्रचार प्रसारलाई तिब्र बनाउन थालेको छ,चलचित्रले आफ्नो नयाँ ट्रेलर सार्वजानिक गरिएको छ । बिहीबार सार्वजानिक गरिएको ‘अलबिदा’को ट्रेलरमा नायक आर्यन सिग्देल र नायिका अनिता आचार्यलाई मुस्लिम धर्ममा विश्वास गर्ने युवा युवतीको भूमिकामा देखाईएको छ । यस चलचित्रमा आर्यन र अनिताले मुस्लिम धर्म मान्छन् भने वास्तविक जीवनमा मुस्लिम धर्म मान्ने हसन खान हिन्दु धर्म मान्छन ।
Aryan-sigdel-alvida
लक्ष्मण रिजाल निर्देशक रहेको चलचित्रमा, नायक आर्यन सिग्देललाई भिन्न र मुख्य रुपमा हेर्न पाइने छ । आर्यन बाहेक हसनराजा खान,अनिता आचार्यको मुख्य भूमिका रहेको चलचित्रमा केशव घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् । एचआरके फिल्मस्को ब्यानरमा हसनराजा खानको निर्माण रहेको चलचित्र अलविदाको गीत संगीतले नेपाली संगीत बजारमा राम्रै स्थान पाई रहेको छ । तारा प्रकाश लिम्बुको संगीत रहेको चलचित्र लाइ रामेस्वर कार्कीले खिचेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.