यौन प्रेमको अनिवार्य सर्त बनेपछी प्रेम गाँस्न डर लाग्यो अमृतालाइ


गोरखाबाट चार वर्षअघि काठमाडौंमा आउँदा अमृता गुरुङको लक्ष्य कुनै पनि क्षेत्रमा सफल भएर नाम कमाउने थियो। २० वर्षीए अमृता यतिबेला मनोरञ्जनको क्षेत्रमा करियर बनाउने अभियानमा अघि बढेकी छिन् । स्नातक दोस्रो वर्षकी छात्रा अमृताले केही वर्षअघि ‘सानी’ शीर्षकको वृत्तचित्रमा अभिनय गर्दै आफ्नो नयाँ यात्रा प्रारम्भ गरेकी थिइन्। त्यसयता दुई दर्जनभन्दा बढी म्युजिक भिडियोमार्फत उनी दर्शकसमक्ष पुगिसकेकी छिन्। एउटा सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गरेर नेपाली मोडलिङ क्ष्ाेत्रका बारेमा समेत जानकारी हासिल गरिसकेकी अमृता यतिबेला नेपाली चलचित्रमा डेब्यु गर्ने योजनामा छिन्। केही छोटा चलचित्रमा समेत अभिनय गरिसकेकी अमृताले यस अवधिमा हास्यश्रृंखला ‘भद्रगोल’, टेलिश्रृंखला ‘जीवनचक्र’ मा समेत अभिनय गरेकी छिन्।
Nepali-model-amrita-gurung
५ फिट ४ इन्च अग्ली अमृता आफूलाई फेसनेबल युवती भन्न रुचाउँछिन् । क्याजुअल वेयरमा आफू आकर्षक देखिने अनुभव गरेकी अमृता गर्मी मौसममा स्वीमिङ गर्न मन पराउँछिन् । फुर्सदमा साथीहरूसँग घुलमिल हुने अमृता फिजिकल फिटनेसका लागि बिहान सबेरै उठेर व्यायाम गर्छिन् । प्रेम, विवाह तथा यौनका बारेमा उनको धारणा स्पष्ट छन् । ‘अहिलेको समयमा एरेञ्ज म्यारिजका बारेमा सोच्नै सकिँदैन,’ एउटा जिज्ञासामा अमृताको जवाफ थियो—’पहिले लभ गर्ने अनि उसैसँग म्यारिज गर्ने ।’ प्रेम गर्न उपयुक्त युवक फेला पार्न नसकेको गुनासो गर्दै अमृताले भनिन्— ‘जबदेखि यौन प्रेमको अनिवार्य सर्त बन्यो, तबदेखि प्रेमसम्बन्ध गाँस्न डर लाग्न थालेको छ ।’
– कृष्ण भट्टराई / कान्तिपुर साप्ताहिकबाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.