स्व.आलोकको सम्मानमा पुनर्जन्म एक हप्ता पछाडी सर्यो


(सेलिब्रेटी नेपाल) काठमाडौँ
निर्माता मोहन कृष्ण श्रेष्ठको छैठौ चलचित्र ‘पुनर्जन्म’ ले केहि समय अघि राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो प्रदर्शन मिति फागुन १५ लाइ तोकेको थियो । स्व.निर्देशक आलोक नेम्वांगको अन्तिम चलचित्र अझै पनि त्यसै दिन अर्थात् फागुन १५ गते नै प्रदर्शन हुने भय पछी ‘पुनर्जन्म’को रिलिज मिति १ हप्ता पछाडी अर्थात् फागुन २२ गते लाइ सरेको छ । ‘हामीले यस क्षेत्रमा लागेर पाउने भनेकै सम्मान हो र त्यसका लागि कन्जुस्याइँ गर्न हुन्न,’ निर्माता श्रेष्ठले भने, ‘ हामी आलोकजीलाई सम्मान गर्दै आफ्नो चलचित्र उहाँको चलचित्रसंग नजुधाउने निर्णयका साथ फागुन २२ मा पुगेका हौ।’
साथै निर्माता श्रेष्ठले अन्य निर्मातालाई पनि सो मितिमा चलचित्र नजुधाउन आग्रह समेत गरे । ‘आलोकजीलाई हाम्रो श्रद्धाञ्जली नै यही हो, फागुन १५ मा अन्य चलचित्रकर्मी साथीहरु लाई पनि चलचित्र नल्याउन आग्रह गर्न चाहन्छु,’ निर्माता श्रेष्ठले स्व. निर्देशक नेम्वाङ प्रतिको हार्दिकता देखाए।Punarjanma-poster
चलचित्रमा अहिलेका ब्यस्त नायक आर्यन सिग्देल पहिलोपटक सिपाहीको भूमिकामा देखिएका छन् । चलचित्रलाइ नव निर्देशक सजन श्रेष्ठ(सत्य) ले निर्देशन गरेका हुन् । संगीतकार बसन्त सापकोटाको संगीत रहेको चलचित्रका गीत संगीत यति बेला रेडियो तथा टेलिभिजनमा राम्रै स्थान पाई रहेका छन्।

मोहनकृष्णको साथमा भद्रबहादुर शाही समेत निर्माता रहेको चलचित्रमा आर्यन सिग्देल, सुष्मिता शाही, गजित विष्ट, केकी अधिकारी, विजय लामा, मिथिला शर्मा, लक्ष्मी गिरी, रश्मी भट्ट, देशभक्त खनाल र रुष्मा श्रेष्ठ लगायतको अभिनय रहेको छ । चलचित्रमा बसन्त सापकोटा र जयन्त शर्माको संगीत, कविराज गहतराजको नृत्य, अष्ट महर्जनको द्वन्द्व, मिलन अमात्य, प्रल्हाद तिमिल्सिना, अञ्जु पन्त र जितु श्रेष्ठको स्वर र शिव ढकाल तथा नवराज कृष्ण थापाको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.