पत्रकारको कथामा संचिता र किशोर लाइ आरोप


(सेलिब्रेटी नेपाल) काठमाडौँ
‘एउटा साथी’ निर्देशक तथा चलचित्र पत्रकार लक्ष्मण सुबेदी अब स्क्रिप्ट राइटर पनि भएका छन् । उनको स्क्रिप्टमा चलचित्र ‘आरोप’ बन्ने भएको छ निर्देशक अमर ओलीले निर्देशनको जिम्मेवारी पाएको चलचित्रको राजधानी स्थित भद्रकाली मन्दिरमा शुभ मुहुर्त गरियो । दिलासा क्रियशनको ब्यानरमा तयार हुने यस चलचित्रमा किशोर खतिवडा र संचिता लुइँटेलसंगै देखिने भएका छन ।
Aarop-nepali-film
दिनेश पाठक र विजय सापकोटाको लगानीमा निर्माण हुन लागेको यस चलचित्रलाई वीरेन्द्र भट्टले खिच्दैछन् भने चलचित्रमा संगीत बिकाश चौधरी र गणेश चौधरीको रहेको छ । चलचित्र ‘आरोप’ मा किसोर र संचितासंगै सुशील पोखरेल, रश्मी भट्ट, ऋचा थापा, राजन गहतराज, उद्धव गिरी, दिपीका ढकाल, भुमेश्वर भट्टराईलगायतको अभिनय रहनेछ । लेखक सुबेदीले चलचित्रको कथा कमर्सियल रहेको बताए भने निर्देशक ओलीले कथालाई न्याय गर्ने र आफुले सकेको मेहनत गरेर राम्रो चलचित्र बनाउने बताए । चलचित्रको छायांकन मङ्सिर २३ देखि नवलपरासीबाट शुरु हुने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.