माल्भिकाको हाउ फन्नी फ्लोरमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
राजधानी स्थित बन्स्थलिको एभरेस्ट चाइल्ड केयरबाट चलचित्र ‘हाउ फन्नी’ को छायांकन प्रारम्भ गरिको छ । चलचित्र विकास बोर्डका सदस्य सुरेश दर्पण पोखरेलले क्ल्याप हानेर तथा चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले नरिवल फोडेर चलचित्रको शुभ मुहुर्त गरिएको हो ।
Nepali-film-how-funny
यसै चलचित्रबाट कार्यकारी निर्माता बनेर लगानी गरिरहेकी पुर्व मिस नेपाल माल्भिका सुब्बाले चलचित्रले दर्शकलाई मनोरञ्जन दिने बताईन् । चलचित्र ‘हँसिया’ बाट चर्चा कमाएका अनुप बिक्रम शाहीले ‘हाउ फन्नी’मा च्यालेंजिग भूमिकामा काम गर्ने अवसर पाएका छन् ।

टिनी बट बिग पिक्चर्स प्रालीको ब्यानरमा बन्न लागेको चलचित्रलाई निलु डोल्मा शेर्पाले निर्देशन गर्दैछिन् । चलचित्रमा दयाहाङ राई,अनुपविक्रम शाही,केकी अधिकारी,प्रिय्रंका कार्की,निशा अधिकारीको मुख्य भूमिका रहनेछ । चलचित्रको कथा तथा परिकल्पना निलु डोल्मा शेर्पा,लेखन शान बस्न्यात, निर्माता आङ नुरु शेर्पा, छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा छन् । चलचित्रमा सुरेश अधिकारी, शैलेस सिङ, शलेन्द्र श्रेष्ठको संगीत, हरि हुमागाँइको छायांकन रहनेछ ।