फेमिली ड्रामा र ग्यांग स्टार कथाको भिडन्त


(सेलिब्रेटी नेपाल) काठमाडौँ
फ्राइडे रिलिज अन्तर्गत आज सुक्रबार दुइ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र ‘रंग बैजनी’ र युवा तथा जोशिला निर्देशक नेत्र गुरुङले निर्देशन गरेको चलचित्र ‘नाइके’एक आपसमा प्रतिस्पर्धा गर्दै छन् । १२ बर्षपछि निर्देशनमा फर्किएका निर्देशक शम्भु प्रधानले निर्देशन गरेको चलचित्र ‘रंग बैजनी’ संग नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘नाईके’ ले आजबाट देशभर प्रदर्शनको आरम्भ गरेको छ । दुवै चलचित्रलाई यति बेला चलचित्रका विश्लेषकहरुले राम्रो चलचित्र रहेको बताउदैं आएका छन् ।
Sumina-dikpal-rangbaijani
नुतन टेली फिल्म्सको ब्यानारमा नुतन प्रधानले निर्माण गरेको चलचित्र ‘रंग बैजनि’ मा शशांक प्रधानको सिनेमाटोग्राफी , बसन्त श्रेष्ठको कोरियोग्राफी , दिप प्रधानको संगीत रहेको छ । चलचित्रमा दिक्पाल कार्की,सुमिना घिमिरे , गरिमा पन्त,अर्जुन श्रेष्ठको अभिनय रहेको छ । संचारकर्मी समेत रहेका आर जे.प्रणब सुबेदीको मुख्य निर्देशन रहेको चलचित्र पारिवारिक कथामा बनेको छ ।
Naaike-poster
चलचित्र नाईकेमा आर्यन सिग्देल,रेम बिक, बोधराज रेग्मी, सुरबिना कार्की, विजयराज सेन्चुरी, सारिका केसी लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । नाईकेलाई अर्जुन तिवारीले खिचेका हुन् । पोखरा आसपासमा सुटिङ भएको चलचित्रमा कोरियोग्राफि रोहन नेपालीको रहेको छ भने सानुकुमारले द्वन्द निर्देशन गरेका छन् । सत्यराज चौलागाईले मुख्य सहायक निर्देशन गरेको चलचित्र नाइके ग्यांगस्टारको कथामा बनेको छ ।