नायिका पल्लवी भइन् बदनाम


(सेलेब्रिटी नेपाल)काठमाडौँ
८ वर्षको अन्तराल पछि पुन: चलचित्र नगरीमा उदाएकी नायिका हुन् पल्लवी भट्ट । पौष २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘अलविदा’ बाट पुन ग्लामरको दुनियामा देखिएकी भट्टले यसै चलचित्रको आइटम गीतमा आफुलाई बदनाम गरेकी छिन् । ‘हुन्छु कि मा बदनाम’ बोलको गीतमा आफ्नु कम्मर मर्काएकी पल्लवीलाई नायक आर्यन सिग्देल र हसन राजा खानले साथ दिएका छन् ।
Pallavi-bhatta-alvida
रोहन नेपालको नित्य निर्देशान रहेको उक्त गीतमा मनीषा पोखरेलको आवाज, तारा प्रकाश लिम्बुको संगीत र नरेश भट्टराईको शब्द पाईन्छ ।
लक्ष्मण रिजालको निर्देशन र हसन राजा खानको निर्माण रहेको चलचित्रमा मुस्लिम र हिन्दु धर्म बिचको प्रेमकथालाई समेटिएको छ। आर्यन सिग्देल, हसन राजा खान, अनिता आचार्य, नगेन्द्र रिजाल लगायतको अभिनय रहेको चलचित्रलाई रामेश्वोर कार्कीले क्यामेरामा कैद गरेका छन् ।