
काठमाडौं। अभिनेता पल शाह र अनिता गिरी अभिनित ‘मर्छु हजुर’ गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियो सुनिल दवाडीको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। सुनील दवाडी प्रस्तुतकर्ता रहेको यस गीतको भिडियोमा अभिनेता पल शाह र अनिता गिरीको जोडीलाई देख्न सकिन्छ। एकअर्काबीचको मायामा गढिएका युवायुवतीको कथामा गीतको भिडियो निर्माण गरिएको छ। गीतको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्। प्रकाश खड्काले छायांकन गरेको भिडियोको सम्पादन मिलन बिस्वकर्माले गरेका हुन्
गायक धुब्र बिक र गायिका मनिषा सुनारले गाएको यस गीतमा शब्द संगीत ज्ञानेन्द्र गिरीको छ। गीतको एरेन्ज,मिक्सिङ र मास्टरिङ सुलभ घिमिरेले गरेका छन्। यसअघि अनिता गिरीले एक दर्जन भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।


