‘३७ लाखको रंग बैजनी दोस्रो सातामा चल्दै’ निर्देशक शम्भु


(सेलिब्रेटी नेपाल) काठमाडौँ
Garima-panta-Dikpal-karkiआगामी सुक्रबार अर्थात् मङ्सिर १९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र”रङ बैजनी “युनिटले आईतबार पत्रकार सम्मेलन गर्दै चलचित्रको बारेमा जानकारी दिएको छ । बाह्र बर्ष पछी चलचित्र निर्देशनमा फर्केका निर्देशक शम्भु प्रधानले आफु संगै श्रीमती नुतन प्रधानलाई पनि चलचित्रमा कम ब्याक गराएका छन् । चलचित्र “रङ बैजनी “मा नुतन प्रधानको निर्माण,कथा र कोरियोग्राफी रहेको छ । चलचित्रको प्रचार प्रशार कै लागि भनेर केहि दिन अघि मात्र नेपाल आएकी निमात्री नुतन प्रधानले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भनिन “आफु जहाँ रहेपनि नेपाली चलचित्र क्षेत्रलाई माया गरि रहन्छु र फेरि म अमेरिका फर्केर कथा लेखेर नेपालमा आएर चलचित्र बनाउने छु ,यो मेरो बाचा पनि भयो ।’
करिब ३७ लाखको लगानीमा बनेको चलचित्र “रङ बैजनी” नेपाली पन बोकेको चलचित्र भएको निर्देशक प्रधानले बताए । निर्देशक शम्भुले कार्यक्रमा बोल्दै ‘आफ्नो चलचित्र अरुको तुलनामा आधा लगानीमा निर्माण भएकोले पहिलो सातामा गर्ने व्यापार बाट नै चलचित्र लगानी उठ्ने भएकोले चलचित्र दोस्रो सातामा चलेको जस्तै हो भनि ब्याख्या गरे’ । निर्देशकका अनुसार चलचित्रको लगानी कम भएकोले पहिलो साता नै दोस्रो साता हो भन्न सकिन्छ ।

राजधानिमा आज आयोजित पत्रकार सम्मेलनमा चलचित्रका लागि नव नायक दिक्पाल कार्की , नायिका गरिमा पन्त , अभिनेता अर्जुन श्रेष्ठ , सिनेमाटोग्राफर शसांक प्रधान , निर्मात्री एबम कथाकार नुतन प्रधान , मुख्य सहयाक निर्देशक प्रणप् सुबेदी लगायत उलेख्य चलचित्र पत्रकारको उपस्थिति रहेको थियो तर चलचित्रका लागि अर्की नायिका सुमिना घिमिरे भने कार्यक्रममा उपस्थित थिईनन ।
Rang-baijani-team
नुतन टेली फिल्म्सको ब्यानारमा नुतन प्रधानले निर्माण गरेको यस चलचित्रमा शशांक प्रधानको सिनेमाटोग्राफी , बसन्त श्रेष्ठको कोरियोग्राफी , दिप प्रधानको संगीत रहेको छ । चलचित्रमा दिक्पाल कार्की,सुमिना घिमिरे , गरिमा पन्त,अर्जुन श्रेष्ठको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.