बजगाईंको संगीत रहेको ‘पुतली’ गीतले पार गर्‍यो ३ करोड भ्युज


काठमाडौं । साहित्यकार भीष्मराज फुलाराद्वारा लेखिएको शब्द, पछिल्लो पुस्ताका चर्चित संगीतकार राजेन्द्र बजगाईंको संगीत र गायक–गायिका आशिष अविरल तथा एलिना चौहानको सुमधुर स्वरमा सजिएको ट्रेन्डिङ गीत ‘पुतली’ ले छोटो समयमा नै ३० मिलियन (३ करोड) भ्युज पार गर्न सफल भएको छ।

गीतको संगीत संयोजन बलिउडमा ‘सञ्जु’, ‘रहिस’, ‘जब तक है जान’, ‘मै भी बडीया तु भी बडीया’देखि ‘किस किसको प्यार करूँ–२’ सम्मका लोकप्रिय गीतहरूमा काम गरिसकेका संगीत संयोजक निषाध चन्द्राले गरेका छन्। गीतको मिक्सिङ र माष्टरीङ पनि गायक आशिष अविरलले नै गरेका हुन्।

उक्त सफलता मनाउन ‘पुतली’ म्युजिक टिमले काठमाडौंको अनामनगरस्थित संगीतकार बजगाईंको ‘म्युजिक किचेन’ स्टुडियोमा केक काटेर बधाई आदान–प्रदान तथा सफलताको सेलिब्रेशन गरेको थियो।

सुनिल विकको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा प्रदीप लामा र जुना सुन्दास फिचर्ड छन्। साथै, अनिशा क्षेत्री, लाक्पा लामा, तनुजा बुढामगर, सुमित राजवंशीलगायत कलाकारहरूलाई पनि भिडियोमा देख्न सकिन्छ।

गीतको भिडियोमा शियोन श्रेष्ठको कोरियोग्राफी, अनिल के. मानन्धरको छायांकन, राजु लामाको सह–छायांकन, अविनाश मानन्धरको ड्रोन अपरेटिङ,कलर मिलन विश्वकर्माको तथा प्रवीन भट्टको दृश्य सम्पादन समावेश छ।

Copyright © 2012 - 2026 | All Right Reserved.