(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र लेखक तथा चलचित्रकर्मी प्रदिप भारद्वाजले अब चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्र निर्माणमा पहिलो पटक हात हाल्न लागेका भारद्वाजले गत बिहिबार मात्रै चलचित्रको टाईटल दर्ता गराएका छन् । उनको चलचित्रको नाम ‘चलेछ बतास सुस्तरी’ जुरेको छ जुन चलचित्र हाल प्रि–पोडक्सनमा रहेको छ । अरुण फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने चलचित्र ‘चलेछ बतास सुस्तरी’को निर्देशन कसले गर्ने भन्ने हाल सार्बजनिक गरिएको छैन । चलचित्र दर्ता गर्दा निर्देशकको नाम अनिबार्य छ र उनको निर्देशक फिक्स भइ सकेको छ तर सार्बजनिक मात्र नगरेका हुन् भन्ने हामी सजिलै बुझ्न सक्छौं चलचित्रमा अभिनय गर्ने कलाकारको बारेमा केहि दिनमा सार्बजनिक गर्ने उनले बताएका छन् ।
बिकाश चौधरी र सन्तोष रजौरेको संगीत र प्रदिप भारद्वाजको शब्द रहने यस चलचित्रको गत शुक्रबारबाट गित रेकडिङ कार्य सुरु भएको छ । चलचित्र म्युजिकल लवस्टोरी कथामा बन्ने बताईएको यस चलचित्रलाई प्रदिप आफैले लेखेका हुन् ।