रंग बैजनीको प्रचारका लागि नुतन अमेरिकाबाट फर्किन


(सेलिब्रेटी नेपाल) काठमाडौँ
करिब १५ बर्ष पहिलेको सफल चलचित्र ‘सक्कली नक्कली’ कि नायिका तथा निर्देशक शम्भु प्रधानकी धर्म पत्नी नुतन प्रधानको निर्माण तथा उनको कथामा बनेको चलचित्र ‘रंग बैजनी’ यहि मङ्सिर १९ गतेबाट सार्बजनिक प्रदर्शनीमा आउंदै छ । नुतन प्रधान ‘रंग बैजनि’ को प्रचारको लागि अमेरिका बाट नेपाल आएकी छिन् । उनकी छोरि इश्वरी प्रधान लामो समय देखि अमेरिकामा नै बस्दै आएकी छिन्, उनलाई भेट्न र अन्य कामको लागि अमेरिका पुगेकी नुतन आफ्नो चलचित्र ‘रंग बैजनी’ को प्रचार प्रसारका लागि सोमबार नेपाल फर्केकी हुन् ।
Nutan-pradhan
नुतन टेलिफिलिम्सको ब्यानरमा नुतन प्रधानले निर्माण गरेकी चलचित्र ‘रंग बैजनि’ मा गरिमा पन्त, सुमिना घिमिरे र दिक्पाल कार्कीको मुख्य अभिनय रहेको छ । शम्भु प्रधान र नुतन प्रधानका छोरा शशांक प्रधानले यस चलचित्र मार्फत सिनेम्याट्रोग्राफीमा डेब्यु गरेका छन्। चलचित्रमा नुतन प्रधानको कथा,शब्द तथा कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र दीपप्रधानको संगीत रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.