(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्र क्षेत्रमा आउन चाहने र कला क्षेत्रमा आफ्नो पहिचान बनाउन खोज्नेहरु थुप्रै भेटिन्छन् तर संयोगले यो क्षेत्रमा प्रवेश गरेका भानु प्रताप आजका व्यस्त कलाकारका रुपमा छाई रहेका छन् । हिन्दि सिनेमा’वास्तव’हेरे पछी अचानक यो क्षेत्र प्रति आकर्षित भानुले २ बर्षको अबधिमा दलाल,टिचर,बर्दी,वन वे,झिल्के,लगाएतका आधा दर्जन भन्दा बढी नेपाली चलचित्र र भोजपुरी चलचित्र आशिक बलमा र तलासमा काम गरिसकेका छन् । अब सुरज सुब्बाको चलचित्र ‘रातो घर’ लगाएत अन्य आधा दर्जन चलचित्रमा अनुबन्धित भइसकेका छन् । “व्यापार ब्यबसायमा लागि रहेको मान्छे एक्कासी यो क्षेत्रमा लागेर व्यस्त हुँदा पैसा त कमाउन सकिन्थ्यो तर मानिसहरुको हेर्ने नजर र विभिन्न आरोपहरु लाग्थ्यो, यो क्षेत्र बाट छुट्टै पहिचान र छबि परिवर्तन भएको छ” भानु भन्छन् । नेपाली चलचित्र उद्योगमा रहेका भाइरसहरुले ब्याप्त उद्योगमा भानुले आफुलाई एन्टी भाइरसको रुपमा लिएका छन् ।
कुनै समय तुलसी घिमिरेले आफुमा अभिनय क्षमता नभएको तर एउटा निर्देशकमा हुनुपर्ने लक्षण भएको भनेर भानुलाई देखेका थिए, त्यसै अनुरुप उनले २ वटा छोटो चलचित्र निर्देशन पनि गरिसकेका छन् र आफूलाई निर्देशक घिमिरेले भने झैँ अभिनय गर्न नआउने आफूलाई लागेको बताउछन् तर पनि निर्देशक र दर्शकले चित्त बुझाएर नै होला सायद उनीले यति धेरै चलचित्रमा काम पाई रहेका छन् । छिट्टै नै ठुलो पर्दाको चलचित्र निर्देशन गर्ने तयारीमा जुटेका उनि कथा पनि आफै लेख्ने गर्दछन ।
उनि राजनीतिमा पनि रुची राख्दछन् । कलाकारले राजनीति गर्यो भने देशको लागि अझै राम्रो हुने उनको विचार रहेको छ । चलचित्र हेर्ने आम नागरिक को सोच अलिक मात्र परिवर्तन हुने हो र सरकारले पनि यो क्षेत्रलाई सहि मूल्यांकन गरेर उचित नियम कानुन बनाई दिएको खण्डमा देशका २५ प्रतिशत जनताहरुले यो क्षेत्रबाटै रोजगारी पाउन सक्ने छन् भन्ने उनको तर्क रहेको छ । हलिउड अभिनेता जोनी डिपबाट प्रभावित उनि जेम्स क्यामरुनको निर्देशकीय क्षमताबाट प्रभावीत रहेको बताउछन् । पारिवारिक जिन्दगीमा बाधिएका उनि जिन्दगीलाई स्वतन्त्र भोगाईको रुपमा लिन्छन् । आफ्नो सम्पूर्ण जिम्मेवारी पुरा गरेर कहिले कहीं आफुले चाहेको जिन्दगी जिउन पाउनु पर्छ उनको कथन रहेको छ । आफूलाई नेगेटिभ भूमिकामा नै सुहाउने र आफ्नो रुची पनि भएकोले गर्दा २-३ वटा हिरोको प्रस्ताबलाइ अस्वीकार गरेको कुरा भानु सुनाउछन्।