नायक आर्यन सिग्देलको अप्रेसन सम्पन्न


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नायक आर्यन सिग्देलको फाइट र नृत्यका दृष्य हेर्न अब भने हामीले ८ महिना कुर्नुपर्ने भएको छ। घुडा तथा खुट्टामा समस्या आए पछि, आर्यन केहि समय पूर्ण रुपमा बेडरेष्टमा रहने र त्यस पछि पनि ८ महिना फाइट र नृत्यका दृष्य नगर्ने भएका छन्।
Aaryan-sigdel-naike
चलचित्र छायांकनको क्रममा घाइते भएका नायकको घुडा र खुट्टामा समस्या देखा परेपछि उनको अप्रेसन गरिएको छ। उनको अप्रेसन भएको जानकारी पारिवारिक श्रोतले दिएको हो। सिग्देलको अभिनय रहेको नाइके, आवेग, अलबिदा जस्ता चलचित्रहरु यसै वर्ष प्रर्दशनमा आउने भएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.