श्री ५ अम्बरे संग हमजाएगा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
एउटै मितिमा दुई देखी तिन-चार वटा सम्म नेपाली चलचित्र एक साथ प्रदर्शन हुनु कुनै नौलो कुरा होइन। आज सुक्रबार दुई चलचित्र प्रदर्शनमा आएका छन् । ‘हमजाएगा’ र श्री ५ अम्बरे आजबाट एकसाथ प्रदर्शन आएका छन्। प्रचार प्रसारको हिसाबले चलचित्र श्री ५ अम्बरे धेरै अगाडी भएपनि चलचित्र हमजाएगा पनि कम भने छैन्। हमजाएगा पुर्णतया कमेडी चलचित्र हो भने श्री ५ अम्बरेले समाजमा राजा बन्न चाहानेहरुको कथा बोकेको छ।
humjaega-shree-5-ambareजिवनसाथी फिल्मस्को व्यानरमा निर्देशक दिपा बस्नेत निर्देशित चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई , मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ। टि एन आचार्य र दिपक आचार्यद्धारा निर्माण गरेको चलचित्रको कथा अभिमन्यू निरवीले लेखेका हुन्।

मुनाल फिल्म प्रा लिको ब्यानरमा निर्मित चलचित्र हमजाएगामा बाबु बोगटी, विल्सनविक्रम राई, पार्वती राई, ऋचा धिताल, मनोज आरसी, रामचन्द्र अधिकारी, रेशम फिरिरी, प्रज्वल गिरी, रवि गिरी लगायतले अभिनय गरेका छन्। चलचित्रमा बाबु श्रेष्ठको छायांकन, योगेन्द्र श्रेष्ठको द्वन्द र कमल राईको नृत्य निर्देशन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.