आभास अफिसियल गीत रिलिज (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
निर्माता तथा नायक गोविन्द शाहीको चलचित्र आभाषको पब्लिसिटी सुरु भए संगै एक नयाँ गीत सार्बजनिक भएको छ। आगामी पुस २५ गते बाट देशब्यापी रिलिज हुने चलचित्र वितरक समेत रहेका शाहीका अनुसार चलचित्रले सबै बर्गका दर्शकको मन जित्ने छ। सफल एडिटर बाट निर्देशनमा डेब्यु गर्न लागेका सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘आभास’को सार्बजनिक गीतमा संयम पुरी र निशा अधिकारी फिचरिङ छन्। यी दुबैजनाले चलचित्रभित्र स्क्रिन सेयर गरेका छन्। चलचित्रमा निशा र संयम बाहेक सलोन बस्नेत, आस्मा डीसी र सुनिल रावलको मुख्य भूमिका रहेको छ। सार्बजनिक तिम्रो तस्बिर बोलको गीतमा सन्तोष लामाको स्वर रहेको छ। भने शब्द सुजन सुबेदी र संगीत प्रकाश नेपालीको रहेको छ गीत लाई कोरियोग्राफी गम्भीर बिस्टले गरेका हुन्।
Nisha-adhikari-aavas
केही बलिउड सिनेमा र झन्डै ८ नेपाली चलचित्रमा सम्पादनको अनुभव बटुलेका डेब्यु निर्देशक पौडेलले अन्य टीनएज लभस्टोरीभन्दा आभाषलाई भिन्न रुपमा व्याख्या गरे। गोबिन्द शाही, पवन श्रेष्ठ र दीपक शाही निर्मित फिल्ममा सुजेन्द्र डी कार्की, छेतेन गुरुङ, प्रकाश नेपाली र निर्देशक पौडेलको संगीत तथा सम्पादन छ । पुरुषोत्तम प्रधानको क्यामेरा, गम्भिर विष्टको नृत्य, चन्द्र पन्तको द्धन्द्ध समाबेश छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.