हाम्रो गाउँको आधा छायांकन सकियो


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्रको निमार्ण कार्यबढे संगै अन्य भाषा भासिको चलचित्र पनि धमाधम निमार्ण भइ रहेका छन्। यसै सिलसिलामा तामाङ भाषाको एक चलचित्रले आफ्नो छायांकनको पचास प्रतिशत कार्य सकेको छ। ‘हाम्रो गाउँ’ ( ह्याम्ला नाम्सा) नाम जुराईएको चलचित्रलाई डि. बि. दोंग तामाङले निमार्ण तथा निर्देशन गरेका छन्। जाथेवा जस्तो सफल तामाङ चलचित्र निमार्ण गरेका तामाङको यो पाचौे चलचित्र हो। HAMRO-GAU
गोपी योन्जन, जयनन्द लामा, सुन्दर थापा, रोशनी ब्लोन, लक्ष्मी ब्लोन, मिलन थिंग,प्रताप लाला,किशोर बम्जन, सिता लामा, बिक्रम श्रेष्ठ आदि अभिनित यो चलचित्रको हाल चौतारामा छायांकन भइरहेको छ र केहि भाग काठमाडौंमा पनि छायांकन गरिने छ। शंकर महर्जनको द्वन्द रहेको चलचित्रलाई युबराज खत्रीले क्यामारामा कैद गरेका छन्। दिपक लामाको नृत्य रहेको यो चलचित्रका गितहरुमा अमृत लामाले संगित भरेका छन् भने प्रेम तामाङको शब्द सुन्न पाइन्छ। चलचित्रमा सागर लामाको कोरियोग्राफी रहेको छ। करिब १ महिनाको छायांकन अबधि रहेको चलचित्र युनिट अब केहि दिनमा चौताराको छायांकन सकाएर काठमाडौँ आउने कुराको जानकारी क्यामेरामेन युबराज खत्रीले गराए। Rosani-blon-hamro-gau
Sundar-thapa
Yubraj-khatri-db-tamang

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.