बिधवा पुस ११ गते आउने


(सेलिब्रेटी नेपाल) काठमाडौँ
सिँन्दुर पुछिएका हिन्दु नारीहरुको कथालाई समाबेश गरेर निर्माण भएको चलचित्र ‘विधवा’ पुस ११ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ। एकल महिलाको जीवन कति सम्म कस्टप्रद हुन्छ भन्ने बिषय लाई मुख्य आधार मानेर निर्माण गरिएको चलचित्र ‘बिधवा’मा दिलिप रायमाझी, सोनु घिमिरे, मनोज श्रेष्ठ, सुर्य जीसी, गीरी प्रसार सुनार, विद्या कार्कीको मुख्य अभिनय रहेको छ। Bidhawa-Poster
मान बहादुर घिमिरेको कथा रहेको चलचित्रलाई मनोज श्रेष्ठले निर्देशन गरेका हुन्। शंकर अधिकार घायलका शब्दमा विकास चौधरीले संगीत दिएका छन। निर्देशक मनोजका अनुसार नारी कथामा बनेको चलचित्रले नेपाली नारि मात्र होइन पुरुषको पनि मन छुन्छ।

Copyright © 2012 - 2026 | All Right Reserved.