रोल्पामा अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला गरिने


(सेलिब्रेटी नेपाल) काठमाडौँ
माओबादी जन युद्ध सुरु भए देखि चर्चामा रहेको मध्यपश्चिमको रोल्पा जिल्ला अहिले पर्यटकीय तथा सांस्कृतिक दृष्टिबाट पनि सबैको ध्यान आकर्षित गर्न सफल बनेको छ। अखिल नेपाल चलचित्रकर्मी सङ्घले रोल्पामा अन्तर्राष्ट्रिय चलचित्र कार्यशाला–२०१५ को आयोजना गर्न लागेको छ। आगामी माघ २२ देखि फागुन १ गतेसम्म सदरमुकाम लिबाङमा कार्यशाला गर्न लागेको हो।
Kp-pathak-ms-agraj
‘कार्यशालामा रोल्पाली कला, संस्कृति, पर्यटन र त्यहाँको सामाजिक अन्तद्र्वन्द्वमा आधारित १० वटा चलचित्र छायाङ्कन र प्रदर्शन गरिने जानकारी आयोजक संस्था अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केपी पाठकले गराए। कार्यशालामा चलचित्र क्षेत्रका ५० जना चलचित्रकर्मी, राष्ट्रिय तथा जिल्लास्तरका पत्रकार, साहित्यकार, कलाकार, उद्यमीलगायतको सहभागिता रहने जनाइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.