अनमोल र हेमराजको जेरी आइ पुग्यो सिनेमा घरमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र होस्टेल बाट सफल बनेका निर्देशक हेम राज बि.सी.र होस्टेल बाट नै धेरै फ्यान कमाउन सफल कलाकार अनमोलको चलचित्र जेरी आज सुक्रबार बाट देशभरका सिनेमा घरमा एक साथ प्रदर्शनमा आएको छ प्रोमो र गीतबाटै युवा पुस्तामाझ राम्रो हाइट पाएको चलचित्रले सोज पनि तुलनात्मक रूपमा धेरै पाएको छ। मोफसलमा झन्डै ५० र राजधानीमा २० भन्दा बढी हलमा जेरिले दर्शकको साथ पाउने भएको छ। ‘जेरी’ ले मल्टिप्लेक्स र सिंगल स्क्रिनमा दुवैमा बढी सोज पाएको हो।
Jerry-posterमुस्ताङको रमणीय दृश्यमा छायांकन भएको चलचित्र जेरीको कथा लेखन पनि स्वयम् निर्देशक विसीकै रहेको छ। चलचित्रमा अनमोल केसी,एन्ना शर्मा,एमलिया शर्मा,अभिषेक मान शेरचनको मुख्य भूमिका रहेको छ। मनोज शेरचनले निर्माण गरेको चलचित्रमा नरेन लिम्बुको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.