शम्भु प्रधान संग काम गर्न पाउदा हर्षित गरिमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्रको रिलिज मिति नजिकिंदै गर्दा चलचित्र रंग बैजनिले आफ्नो प्रचार प्रसार लाई तिब्र बनाऊदै लग्न थालेको छ। नुतन स्टुडियो अनामनगरमा बुधबार पत्रकारहरुलाई बोलाएर चलचित्रको बारेमा थप जानकारी दिने कार्य भयो। पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक शम्भु प्रधान,नायक दिक्पाल कार्की,नायिका गरिमा पन्त,सिनेम्याटोग्राफर शशांक प्रधानको उपस्थिति रहेको थियो भने अर्की प्रमुख नायिका सुमिना अनुपस्थित रहिन।
Rang-baijani-team
पछिल्लो समय चलचित्र झोला बाट थुप्रै रास्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डहरु जित्न सफल नायिका गरिमा पन्तले ‘आफुले चलचित्र रंग बैजनी र निर्देशक शम्भु प्रधान संग काम गर्न पाउदा धेरै खुसि लागेको र शम्भु प्रधानले आफु लाई चलचित्रमा अफर गर्दा कथा तथा अन्य कलाकार र पारिश्रमिक केहि कुरा नगरी ओके भएको बताईन्’।

पुराना तथा बरिस्ट निर्देशक शम्भु प्रधानले ‘आफुले ब्यबसायको लागि यो चलचित्र निर्माण गरेको नभई आफ्नो कला लाई प्रस्तुत गरेको बताए’निर्देशक प्रधानले यो चलचित्र कति पैसा कमाउने भन्दा पनि कति दर्शकले राम्रो फिल्म बनाएछ भन्ने हुन् भन्नेमा प्रतिक्षामा आफु रहेको कुरा खुलाए। नव नायक दिक्पालले आफ्नो डेब्यु चलचित्र बरिस्ट निर्देशक तथा सिनियर कलाकारहरु संग काम गर्न पाएकोमा खुसि ब्यक्त गरे। मंसिर १९ गतेबाट प्रदर्शनमा आउने चलचित्र रंगबैजनीलाई पहिलो पटक छायांकन गरेका सिनेम्याटोग्राफर शशांक प्रधानले आफुलाई बरिस्ट क्यामेरामेन बिनोद प्रधानले संधै कस्तो काम गर्यो भनेर सोधी रहने र आफुले अझै उत्कृस्ट काम गर्न बाँकि छ भन्ने जवाफ दिने गरेको बताए। नुतन प्रधानको कथामा बनेको चलचित्र रंग बैजनी एक पारिवारिक कथा हो।

Copyright © 2012 - 2026 | All Right Reserved.