आर्यन सिग्देल नाइके गेटअपमा अडियो बिमोचनमा


(सेलिब्रेटी नेपाल) काठमाडौँ
अहिलेका व्यस्त तथा चकलेटी नायकको छबी बनायका आर्यन सिग्देलको फरक गेटपमा चलचित्र “नाईके” दर्शक माझमा आउन लागेको छ। आर्यन चलचित्र “नाईके” मार्फत दबंग क्यारेक्टरमा दर्शक माझ आउंदैछन्। आगामी मंसिर १९ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र “नाईके”को आज एक औपचारिक कार्यक्रमका बीच अडियो विमोचन गरिएको छ। आयोजित चलचित्र नाईकेको अडियो एल्बम विमोचनमा गायिका मेनुका राई, योगेश काजी र रमन गायकले आफ्नो आवाजमा गीत समेत गाएर सुनाए।
Aaryan-sigdel-naaike
आयोजित कार्यक्रममा नायक आर्यन सिग्देल “नाईके” कै गेट अपमा उपस्थित भएका थिए। माया प्रेमका कथामा आधारित चलचित्रहरुमा धेरै देखा पर्ने आर्यन पछिल्लो समय माया प्रेमका चलचित्रबाट केहि फरक बन्न खोजिरहेका छन्। नेत्र गुरुङको निर्देशन रहेको चलचित्रमा आर्यन सिग्देल मुख्य भुमिकामा देखिएका छन्। बिष्णु हमाल चलचित्रका कार्यकारी निर्माता हुन् भने जगदिश खनाल, नारायण खनाल, संगीता पराजुली, आनन्द क्षेत्री चलचित्रका निर्माता हुन्। चलचित्रमा ताराप्रकाश लिम्बु, रमन गायक र योगेश काजीको संगीत छ। आजको कार्यक्रममा चलचित्रकी नायिका सुर्बिना कार्की अनुपस्थित रहिन चलचित्रका मुख्य सहायक निर्देशक समेत रहेका सत्यराज चौलागाईको कम्पनि ओपेरा ट्युनस्ले अडियो वितरण को जिम्मा लिएको छ।
Aaryan-sigdel-new-looks

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.