आलोक अझै पनि के कुरा कस्ले तिमिलाई सुनायो (भिडियो)


(सेलिब्रेटी नेपाल) काठमाडौँ
आफ्नै निवासमा विहीबार साँझ मृत अवस्थामा भेटिएका निर्देशक आलोक नेम्वाङ अहिले हाम्रो साथमा नभएपनि उनका चलचित्र तथा म्युजिक भिडियोहरुले उनको सम्झना दिलाइरहेका छन्। उनले निर्देशन गरेका दर्जनौं सुपर हिट भिडियो तथा उनि निर्देशित ३ नेपाली चलचित्र हामि संधै हेर्न पाउने छौं उनले निर्देशन गरेको अन्तिम चलचित्र ‘अझै पनि’ फागुन १५ मा रिलिजको तयारीमा रहेको छ । सोहि चलचित्रको एक गीत सार्वजनिक भएको छ । स्व. निर्देशक आलोक नेम्वाङ्लाई यो चलचित्रमा समावेश पाँच गीत मध्ये ‘के कुरा कस्ले तिमिलाई सुनायो’ बोलको यस गीत सबैभन्दा प्यारो थियो।
Ajhai-pani-sudarshan-thapaगीत सुन्दा निर्देशक आलोकका सम्झना ताजा बन्छन्। गीतलाई विजय सिवाकोटीले लेखेका हुन् भने सचिन सिंहको संगीत र राजु तामाङको स्वर रहेको छ। चलचित्रमा सुदर्शन थापा, पूजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमाल लगायतका कलाकारहरुले चलचित्रमा अभिनय गरेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.