गायिका सोनीका आइटम नम्बरमा सफल


(सेलिब्रेटी नेपाल) काठमाडौँ
sonika-lama-singerपछिल्लो समय बनेका नेपाली चलचित्रहरुमा आइटम गीत राख्ने क्रम नेपाली चलचित्रकर्मीमा बढ्दो छ। यस्तै अहिले आएर गायक/गायिकामा पनि आइटम नम्बरप्रति आकषण बढिरहेको पाइन्छ। पछिल्लो समय गायिका सोनिका लामा पनि आइटम गीतप्रति लोभिएकी छन्। सोनिकाले एल्बमको नामै ‘सोनिकाको आइटम’ राखेकी छन्। उनका अनुसार एल्बमका सबै गीत आइटम नम्बरका रहेका छन्। सोनिकाको आइटममा ‘जवानीको लाली चढ्यो, पिरतीको खिल गढ्यो काउकुति लाग्न थाल्यो मलाई’ बोलको एउटा गीत छ। त्यस्तै दोस्रो नम्बरमा उनले गाएकी छन्, ‘मलाई फिल्मको जस्तो प्यार चाहियो, कैद हुन्छ म दिलको कारागार चाहियो’ ।
कामुक स्वर र उत्तेजक शब्दसंयोजनद्वारा तयार पारिएको ‘सोनिकाको आइटम’ एल्बमका यी दुईटै गीतको म्युजिक भिडियोसमेत निर्माण गरिएको छ। यसअघि आधुनिक तथा पप गीत गाउादै आएकी सोनिका भन्छिन्, ‘चर्चाका लागि आइटम नम्बर गाएकी हु ।’ म्युजिक भिडियो बाट छोटो समयमा नै निकै चर्चामा आउन सफल भएकी छिन सोनीका।
सोनिकाको यो तेस्रो एल्बम हो । यसअघि आफ्नै शब्द/संगीतमा उनले ‘बेसहारा’ र कस्तो यो जीवन’ नामक एल्बम ल्याएकी थिइन्। तर ती एल्बमले खाशै चर्चा पाउन सकेन। सोनिकको तेस्रो एल्बम सोनिकामा संगीत रमेश खड्का,केदार नेपाली,सन्तोष राजबंशी र गायिका स्वयमको दुइ वटा संगीत समाबेश छ। गीतका शब्दहरु गोबिन्द प्रसाद उपाध्याय,नेत्र छन्त्याल,बिक्की राना र गायिका स्वयमको दुइ वटा शब्द रहेको छ। चियर्स मुभिले बजारमा ल्याएको एल्बमले गायिका लाई दर्शक श्रोता माझ चिनाउन सफल भएको छ। गायिका सोनिकाले करिब आधा दर्जन जति बिदेशका सांगीतिक कार्यक्रममा पनि आफ्नो प्रस्तुति दिइ सकेकी छिन। स्वदेशमा हुने कार्यक्रममा पनि उनको डिमाण्ड बढी रहेको छ। भबिस्यमा पनि गायनमा आफ्नो समय बिताउने र अझै राम्रा गीत हरु दर्शक श्रोता माझ ल्याउने सोनीकाको योजना रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.