सुबिनाको तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक


काठमाडौँ । हरितालिका तीज नजिकिँदै गर्दा नयाँ-नयाँ तीज गीतहरू सार्वजनिक हुने क्रम तिव्र बन्दै गएको छ। यही सिलसिलामा गायिका सुबिना श्रेष्ठको स्वरमा नयाँ तीज गीत ‘पठाओ चढेर’ सार्वजनिक भएको छ।

गीतमा सुबिना श्रेष्ठसँगै गायक राजु आरडीको स्वर रहेको छ भने शब्द र संगीत पनि उनकै छन्। भिडियोको निर्देशन ईश्वर बल्लभ उप्रेतीले गरेका छन्।

संगीत भिडियोमा कलाकारहरु हरिकुमार भण्डारी, रेजिना उप्रेती र प्रकाश बानले अभिनय गरेका छन्। तीज पर्वको सांस्कृतिक झल्को, परम्परागत पहिरन र आधुनिक परिवेशको समिश्रणले भिडियोलाई आकर्षक बनाएको छ।

भिडियोलाई रामेश्वर हुमागाईंले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन र कलरिङको जिम्मेवारी सम्हालेका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.