हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु.आलोक सुसाइड नोट


(सेलिब्रेटी नेपाल) काठमाडौँ
आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा मृत फेला परेका निर्देशक आलोक नेम्वाङको साथबाट प्रहरीले सुसाइड नोट फेला पारेको छ। सानो चिटमा उनले परिवारिक र आफन्तलाई खुशी दिन नसकेको चरम निरासा पोखेका छन्। उनले सुसाइडनोटमा आफ्नो जीवनका समस्या बारे कसैलाई पनि दोष दिएका छैनन्। ‘हरेक दिन मरी–मरी बाँच्नु भन्दा एक दिन बाँचेर मर्न चाहन्छु’, नेम्वाङले कसैलाई सम्बोधन नगरी लेखेको सुसाइड नोटमा भनेका छन्।
Aalok-nemwang-shab
घटनास्थलको प्रकृति र पोष्टमार्टमको रिपोर्ट हेरिसकेपछि अनुसन्धानमा संलग्न प्रहरी टोली नेम्वाङले आत्महत्या गरेको भन्नेमा विश्वस्त भएको छ। अहिलेसम्मको प्रकृति हेर्दा आत्महत्या बाहेक अरु केही शंका गर्नु पर्ने नदेखिएको प्रहरीको निष्कर्ष छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम कार्कीका अनुसार घटनास्थलको प्रारम्भिक मुचुल्का गरी पोष्टमार्टम गरेको जानकारी दिए। आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन सभामुख सुवासचन्द्र नेम्वाङ, सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजाल प्रज्ञा प्रतिष्ठान पुगेका थिए । आलोकलाई अन्तिम श्रद्धाञ्जली दिन थुप्रै चलचित्रकर्मीहरु प्रज्ञा प्रतिष्ठान पुगेका थिए। आलोकको आज सांझ पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गरियको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.