चुरोटको पफ र केटीको गफ उस्तै हो जिन्दगि रक्स ट्रेलर सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
थुप्रै म्युजिक भिडीयोको निर्देशन गरि सकेका निर्देशक निकेश खड्काले निर्देशन गरेको ‘जिन्दगि रक्स’को ट्रेलर सार्बजनिक भएको छ पौष १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलर यु ट्युब मार्फत सार्बजनिक भएको छ। ट्रेलर हेर्दा युवा पुस्तालाई सजिलै हल सम्म तान्ने छ भन्ने अनुमान लगाउन सकिन्छ।Richa-sharma-zindagi-rocks
विशुद्ध मनोरञ्जनात्मक र सामाजीक कथामा केन्द्रित चलचित्र जिन्दगी रक्सले हरेक मानिसले आफ्नो युवा व्यबहार र जीवन शैलीलाई ४ जना युवा कलाकारका मार्फत प्रस्तुत गर्न खोजेको छ। मोडल तथा भी.जे.अकेशा विष्ट यस चलचित्र मार्फत दर्शक माझ पहिलो पटक देखिदै छिन्। जिन्दगी रक्समा अकेशासँगै सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी, र पाका कलाकार तथा द्धन्द निर्देशक राजेन्द्र खड्गीले अभिनय गरेका छन्। भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा उमेश मर्हजनको द्धन्द्ध, हरि हुमागाईको छायांकन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.