बिबाह पछी निखिल र संचिता बने लुटेरा जोडी


(सेलिब्रेटी नेपाल) काठमाडौँ
एक समयका हिट जोडी नायक निखिल उप्रेती र नायिका संचिता लुइँटेलले संगै घर जम पनि गरे २ सन्तानका बाबु आमा पनि बने अब उनिहरुको जोडी पुन पर्दामा संगै देख्न पाइने भएको छ। बिबाह पछि पहिलो पटक संगै चलचित्रमा अभिनय गर्ने भएका हुन्। निखिल र संचिता चलचित्र वितरक तथा चलचित्र हल संचालक गोपाल कायस्थले निर्माण गर्न लागेको चलचित्र ‘लुटेरा’ मा संगै अभिनय गर्ने भएका हुन्। पुराना तथा नेपाली चलचित्र क्षेत्रका बिज्ञ मानिने निर्माता,वितरक तथा सिनेमा हल संचालक गोपाल कायस्थले निर्माण गर्न लागेको चलचित्र ‘लुटेरा’ पूर्ण व्यबसायिक चलचित्र हो। निर्माता गोपालका अनुसार निखिल र संचिता ‘लुटेरा’मा श्रीमान श्रीमतीको भूमिकामा देखिने छन्। Nikhil-Upreti_sanchita-luitel
आगामी सोमबार बाट फ्लोरमा जान लागेको चलचित्रमा शिवम अधिकारीको पटकथा सम्बाद रहेको छ भने चलचित्र लाई शबिर श्रेष्ठले निर्देशन गर्ने छन् चलचित्र निखिल र संचिता बाहेक नायिका हर्शिका श्रेष्ठको पनि अभिनय रहनेछ भने अन्य कलाकारहरु फाइनल हुन बाँकि रहेको निर्माता गोपालले जानकारी दिए।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.