काठमाडौँ। गायक तथा संगीतकार सुरज अधिकारी (सुर रक्स) को नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘गर्ल फ्रेन्ड’ छैन बोलको रोमान्टिक गीतमा शब्द रचना पनि सुरज अधिकारी (सुर रक्स) कै रहेको छ। दर्जन बढी गीतमा स्वर र दुई दर्जन बढी गीतमा संगीत भरि सकेका प्रतिभावान गायक संगीतकार सुर रक्स नेपाली संगीत क्षेत्रमा सक्रिय नाम हो।
रोमान्टिक डान्सिङ्ग नम्बरमा सफल बस्नेतको कोरियोग्राफी तथा निर्देशन रहेको छ। भिडियोमा सफल बस्नेत,सबिना भण्डारी,उज्वल शर्मा फिचर्ड छन्। सुरोज अधिकारीले भिडियोको छायांकन र सम्पादन गरेका छन्। भिडियो सफल बस्नेतको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।