पुषको ठण्डीमा जिन्दगि रक्स


(सेलिब्रेटी नेपाल) काठमाडौँ
नेपाली चलचित्रको निर्माण बढे संगै नयाँ निर्माता तथा निर्देशकको आगमन पनि बढी नै रहेको छ यसै क्रममा थुप्रै म्युजिक भिडीयोको निर्देशन गरि सकेका निर्देशक निकेश खड्का पनि ठुलो पर्दाको निर्देशक बनेका छन् उनि निर्देशित चलचित्र ‘जिन्दगी रक्स’ पौष १८ गते बाट सार्बजनिक प्रदर्शनमा आउने भएको छ। आज पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण कम्पनीले रिलिज मिति घोसणा गरेको हो। कार्यक्रममा चलचित्रको ट्रेलर पनि सार्बजनिक गरियो। सार्बजनिक ट्रेलर बाट उपस्थित संचारकर्मी तथा केहि सिमित चलचित्र कर्मीहरु सन्तुस्ट देखिए ट्रेलरले युवा पुस्ताका दर्शक लाई सजिलै हल सम्म तान्नेमा विश्वास गर्न सकिन्छ। चलचित्रको प्रचार शैलीमा भिन्नता ल्याउने कोशिश गर्ने निर्माण युनिटले जनाएको छ।
Richa-sharma-zindagi-rocksविशुद्ध मनोरञ्जनात्मक र सामाजीक कथामा केन्द्रित चलचित्र जिन्दगी रक्सले हरेक मानिसले आफ्नो युवा व्यबहार र जीवन शैलीलाई ४ जना युवा कलाकारका मार्फत प्रस्तुत गर्न खोजेको निर्देशक खड्काले बताए। मोडल तथा भी.जे.अकेशा विष्ट यस चलचित्र मार्फत दर्शक माझ पहिलो पटक देखिदै छिन्। जिन्दगी रक्समा अकेशासँगै सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी, र पाका कलाकार तथा द्धन्द निर्देशक राजेन्द्र खड्गीले अभिनय गरेका छन्। भि प्रोडक्सनको व्यानरमा विरेन्द्रराज तुलाधर र सुजीता श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा उमेश मर्हजनको द्धन्द्ध, हरि हुमागाईको छायांकन रहेको छ।
Akesha-bist_Richa-sharma

Copyright © 2012 - 2026 | All Right Reserved.