पलेटी मा यो महिना दार्जिलिङका विनोद स्याङदेन



सेलेब्रिटी नेपाल मंसिर १४ – लामो समय देखि चल्दै आयको सांगीतिक शृंखला पलेटीको नोभेम्बर महिनाको कार्यक्रममा गायक तथा संगीतकार विनोद स्याङदेन प्रस्तुत हुने भएका छन् । अग्रेजी महिनाको प्रत्येक अन्तिम शुक्रबार नेपालयको ‘आर”शालामा आयोजना हुदै आएको पलेटिमा यस पटक स्याङदेन प्रस्तुत हुने भएका हुन् । स्याङदेन दार्जिलिङमा दोस्रो पुस्ताको स्थापित गायक तथा संगीतकारका रुपमा परिचीत छन् । दार्जिलिङमा भएको द्वन्दका बेला स्याङदेनका घर र संगै सांगीतिक सृजनाका रेकर्डहरू पनि जलेर नष्ट भएकोले पनि उनलाई पलेटीमा निम्त्याएको पलेटी समुहले जानकारी गराएको छ ।
दार्जिलिङको मगरजुङमा जन्मेका स्याङदेन सानै उमेरदेखि संगीतमा लागेका हुन् । १९७१ मा ७ कक्षामा पढ्दै देखि गायनलाई आरम्भ गरेका स्याङदेनले त्यस यता अहिले सम्म पनि संगीतलाई आफ्नो जीवनको महत्वपूर्ण् अंग बनाइरहेका छन् । स्याङदेनले यो पलेटीमा गीतकार नोर्देन रुम्बा, हरिभक्त कटुवाल र संगीतकार शान्ति ठटालका सृजना पनि समेट्ने भएका छन् । ‘पलेटीमा सहभागी हुन पाउदा सांगीतिक जीवनले पुर्नजीवन (रि – इन्कारनेसन) पाएजस्तो महशुस भएको छ स्याङदेन भने । सकारात्मक सोचका संगीत प्रेमीसित संगत गर्ने मौका पलेटीले दिलाएकोले आफ्नो प्रस्तुति अझ राम्रो हुने विश्वास उनले गरेका छन् । स्याङदेनले पलेटीमा करीब दुई घण्टा आफ्ना रचनाहरू प्रस्तुत गर्नेछन् ।