दर्शकको मन जित्दै स्टुपिड मन


(सेलिब्रेटी नेपाल) काठमाडौँ
गत सुक्रबार बाट सार्बजनिक प्रदर्शनमा आएको चलचित्र ‘स्टुपिड मन’ को बुधबार राजधानी स्थित कुमारी सिनेमा हलमा प्रेस शो को आयोजना गरि चलचित्र पत्रकार तथा सिमित चलचित्र कर्मी लाई देखाउने कार्य सम्पन्न भयो। नायक निरज बराल नायक बाट निर्माता भएको चलचित्र ‘स्टुपिड मन’ मा चलचित्रमा अहिलेका ब्यस्त नायक जीवन लुइटेलको साथै दुइ नव नायिका चाँदनी शर्मा र रिजु श्रेष्ठको अभिनय रहेको छ।
Stupid-maan-posterचलचित्रको सम्पूर्ण छायांकन थाईल्याण्डमा गरिएको छ। चलचित्रको व्यापार सन्तोष जनक रहेको निर्माण पक्षको भनाइ रहेको छ। आज चलचित्र हेर्ने जतिले चलचित्र उत्कृस्ट बनेको प्रतिक्रिया दिएका छन्। संधै उस्तै कथा उही लोकेसनमा मात्र छायांकन गरेको चलचित्र हेरी रहेका दर्शकहरु लाई ‘स्टुपिड मन’ले नयाँ स्वाद दिनेछ।

निर्देशक दिवाकर भट्टराईको काम पनि प्रशंशा गर्न लायक रहेको छ। निरजलाई निर्माणमा विवेक शाहीले सघाएका छन्। चलचित्रमा अर्जुन पोखरेल र करणराज कार्कीको संगीत, संजय लामाको क्यामेरा,अष्ट महर्जनको द्धन्दनिर्देशन,कविराज गहतराजको नृत्यनिर्देशन रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.