तक्मे बुढा र हाकु कालेको भिडन्त कसले बाजी मार्ला


(सेलिब्रेटी नेपाल) काठमाडौँ
तक्मे बुढा भनेर चिनिने अभिनेता विल्सन बिक्रम राई र हाकु काले भनेर चिनिने नायक सौगात मल्ल अभिनित चलचित्र एकै दिन अर्थात् मंगसिर ५ गते बाट सार्बजनिक प्रदर्शनमा आउंदै छ। विल्सन बिक्रम राई प्रमुख भूमिकामा रहेको चलचित्र ‘हमजायेगा’ र सौगात मल्ल मुख्य भूमिकामा रहेको चलचित्र श्री ५ अम्बरे एकै दिन बाट प्रदर्शनमा आउने भएका हुन्। यी दुइ मध्ये कसको स्टार डम बिक्ने हो र कुन चलचित्र लाई दर्शकले बढी मन पराउने हुन् त्यो भने चलचित्र प्रदर्शन पछी नै थाहा हुने छ।
Saugat-malla_wilson-bikram-rai दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरि सकेका नायक सौगात मल्लको चलचित्र ‘लुट’ले बाहेक अन्यले दर्शकको माया पाउन सकेको छैन। विल्सन बिक्रम राई अभिनित चलचित्र रिदम ब्यबसायिक सफल चलचित्र हो भने उनि अभिनित अन्य चलचित्र जस्तै प्रोडूसर,नेपथ्य,फेसबुक औसत व्यापार गर्न सफल चलचित्रहरु हुन् अहिलेको समयमा यी दुवै सेलिब्रेटी उत्तिकै ब्यस्त छन्। मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हमजायेगा’ मा विल्सन विक्रम राई, बाबु बोगटी, मनोज आरसी, रवि गिरी, पार्वती राई, ऋचा धिताल लगायतका कलाकारले अभिनय गरेका छन्।भेषबहादुर गुरुडको प्रस्तुतीमा तयार भएको चलचित्रमा टंक गुरुड, सूर्य ब्लोन, ओम कुमार पुन र सरस्वती लामाको लगानी छ। निर्देशक सुरेन्द्र पुनले निर्देशन गरेको चलचित्र कमेडी बेसमा तयार भएको छ।

दीपा बस्नेतले निर्देशन गरेको चलचित्र ‘श्री ५ अम्बरे, मा सौगात मल्ल,प्रियंका कार्की,केकी अधिकारीको अभिनय रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.