नायिका गरिमा लाई आमा बन्ने रहर लागेन (भिडियो)


Garima-panta
१२ वर्षपछि निर्देशनमा पुनरागमन गरेका निर्देशक शम्भु प्रधानको पछिल्लो चलचित्र ‘रंग बैजनी’को नयाँ प्रोमो सार्वजनिक भएको छ। प्रोमोको एक दृश्यमा अभिनेत्री सुमिना घिमिरेले अर्की अभिनेत्री गरिमा पन्तलाई ‘तिमीलाई कहिल्यै पनि आमा बन्न मन लागेन ?’ भनेर प्रश्न सोधेकी छन्। जुन प्रश्नको उत्तर के हुनसक्छ, त्यो थाहा पाउन दर्शकले चलचित्र नै हेर्नुपर्ने हुन्छ।चलचित्र मार्फत मोडल दिक्पाल कार्कीले नायकको रुपमा डेब्यु गर्दैछन्। नूतन, इश्वरी र सिया निर्माता रहेको फिल्म आगामी मंसीर १९ गतेबाट अल नेपाल रिलिज हुँदैछ। चलचित्रमा दीप प्रधानको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, मित्र गुरुङको सम्पादन र सशांक प्रधानको सिनेमाटोग्राफी रहेको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.