म्युजिकल लभ स्टोरी धुन पहिलो अनुहार सार्बजनिक


(सेलिब्रेटी नेपाल) काठमाडौँ
निर्देशक कृष्ण पौडेलको डेब्यु निर्देशन रहेको चलचित्र ‘धुन’  प्रोडक्सनको कार्य सकेर अब प्रदर्शनको पर्खाइमा रहेको छ। पछिल्लो समयको आशा लाग्दो चलचित्र ‘धून’ सांगीतिक रुपले बलियो रहेको छ। दिपावलीकोको अवसरमा चलचित्रको फर्स्ट लुक पोस्टर  सार्बजनिक गरिएको छ। सार्बजनिक पोस्टरमा चलचित्र प्रमुख ५ जना कलाकार लाई फोकस गरिएको छ सांगीतिक प्रेम कथामा बनेको चलचित्रमा जीवन लुइँटेल,मुकेश ढकाल,नीता ढुंगाना,श्रेया दुलाल,उमा बेबीको प्रमुख भूमिका रहेको छ। dhoon poster film

चलचित्र ‘धून’ मा रहेको सम्पूर्ण गीतमा शब्द तथा संगीत लक्की सिटौलाको रहेको। चलचित्र ‘धून’ लाई कलर फुल र सांगीतिक बनाईएको छ। जीवन भनेको सुख र दुख नामका दुइ रंगको समिश्रण हो। जुन समिश्रण नै जीवनको अर्को धुन हो यहि कुरा धून मा रहेको कुरा निर्देशक कृष्णले बताए। कृष्ण आचार्यको पटकथा सम्बाद रहेको चलचित्रमा मालती शाहको ‘धुन’मा कार्यकारी निर्माता सुशील शाह रहेका छन् भने निर्मात्री श्रेया दुलाल र निर्माताका रुपमा बिनोद भट्ट र मधुसुदन ढकालको संयुक्त लगानी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.