हिरोले शरीर भरि रंग पोत्दै भने सरि ल


(सेलिब्रेटी नेपाल) काठमाडौँ
चलचित्र ‘सरी ल’ युनिटले काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि पत्रकार माझ दिपावलिको शुभकामना साटेको छ। कार्यक्रममा गायक शिव परियारले चलचित्रको एउटा गीत गाएर कार्यक्रमको सञ्चालन गरेका थिए भने चलचित्रका नायक राजन खतिवडाले शिव परियारले गाएको गीतमा शरिर भरी कालो र सेतो रंग लगाएर उक्त रंग माथि सरी ल लेखेर सबैको सामु अभिनय गरेका थिए।
Sorry-La
कार्यक्रममा चलचित्रका निर्देशक ऋषि लामिछानेले चलचित्र निकै राम्रो बनेको बताउदै चलचित्रलाई आम दर्शकले मन पराउने बताए। साथैं निर्देशक लामिछानेले तिहारको सबैलाई शुभकामना पनि व्यक्त गरेका थिए। त्रिकोणात्मक प्रेमकथामा निर्माण गरिएको चलचित्र सरी ल मा सुवास थापा, राजन अतिवडा र अनिता आचार्यको मुख्य भूमिका रहेको छ। चलचित्रमा अन्जु केसीको कथा, शिवम अधिकारीको पटकथा तथा संवाद, रामशरण उप्रेतीको छायाँकन, बसन्त सापकोटा र शैलेस श्रेष्ठको संगीत, रोशन श्रेष्ठको द्धन्द निर्देशन, रबिन्द्र खड्काको सम्पादन र बब्बु थापाको कोरियोग्राफी रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.