जनकबि केशरी धर्मराज थापाको निधन


(सेलिब्रेटी नेपाल) काठमाडौँ
प्रसिद्ध लोकगायक, कवि तथा प्राज्ञ धर्मराज थापाको निधन भएको छ। उच्च रक्तचाप तथा प्यारालाइसिसका कारण लामो समय देखी थालिएका गायक थापाको आज बिहान ५ बजे स्वम्भु स्थित आफ्नै निवासमा निधन भएको हो। उहाँको पार्थिक शरीरलाई श्रदान्जलीको लागि ११ बजे देखी २ बजे सम्म प्रज्ञा प्रतिस्ठानमा राखिने भएको छ।
janakabi-dharmaraj-thapa
वि.सं. १९८१ साउन १ गते पिता हर्कबहादुर र माता मनमायाका सुपुत्रका रूपमा कास्की जिल्लाको बाटुलेचौरमा जन्मनु भएका गायक थापाको “हरियो डाँडामाथि हलो जोत्ने साथी” गीत अत्याधिक प्रख्यात भएको थियो। यसका साथै “आईपुग्यौ रेलैमा, नौबजे बेलैमा”, “साँहिली रिमै चौरी गाई”, “झर्यो रिमै मधु बनैमा”, “सुन मेरो निरमाया”, “नेपालीले माया मार्यो वरिलै”, लगायतका गीतहरु पनि चर्चित छन्। सेलिब्रेटी नेपालको तर्फ बाट जनकवि केशरीलाई हार्दिक श्रद्धाञ्जली …

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.