नायिका झरना थापा अब मैथिली चलचित्रमा देखिने


(सेलिब्रेटी नेपाल) विराटनगर
नेपाली चलचित्रमा आफ्नो राम्रो स्थान बनाउन सफल नायिका झरना थापा अब मैथिली चलचित्रमा पनि देखिने भएकी छन्। झरनाले एकसाथ दुईवटा मैथिली चलचित्रमा अभिनय गर्ने भएकी छिन्। श्याम कामतले निर्देशन गरेको ‘अपन देश नेपाल’ र राजु चौधरीको निर्देशन रहेको ‘माँक दर्द’ नामक मैथिली चलचित्रमा उनी अनुबन्धित भएकी छन्।
jharana-thapa
थापाले नेपाली भाषाका एक सयभन्दा धेरै चलचित्रमा अभिनय गरेकी छन्। उनी नेपाली रजतपटमा सदाबहार नायिकाका रूपमा चर्चित छिन्। आफ्नो अभिनय सहज होस् भनेर मैथिली भाषाको प्रशिक्षणसमेत लिइरहेको बताउँदै थापाले भनिन्, ‘मैथिली भाषा तराईको उत्कृष्ट भाषा भएकाले पनि मलाई यो भाषाको चलचित्रमा अभिनय गर्न रहर लागेको छ।’मैथिली भाषाको संरक्षण र संस्कृतिको प्रचार गर्ने उद्देश्यले चलचित्र बनाउन लागिएको निर्माण पक्षले जनाएको छ। ५० लाख भारतीय रुपैयाँको लागतमा निर्माण हुन लागेको चलचित्रको अधिकांश छायांकन झापा, मोरङ र सुनसरीमा हुनेछ। यी तीन जिल्लाबाहेक अन्यत्रका रमणीय स्थानमा पनि हुने बताइएको छ। चलचित्रमा नायकको भूमिका विराटनगरका विजय कामतले निर्वाह गर्नेछन्। चलचित्रमा रिसका चौधरी र कौशल चौधरीको अभिनय रहनेछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.